ईतिहास रच्दै टेन नवोदयले चुम्यो पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उपाधी

पथरी, शनिश्चरे फुटवल प्रिमियर लिगको उपाधी जित्दै टेन नवोदय फुटबल क्लबले ईतिहास रचेको छ । आज सम्पन्न फाईनल खेलमा द रियल ब्रदर्स फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै टेन नवोदय फुटबल क्लबले उपाधी कब्जा गरेको हो ।
खेलको ५८ औँ मिनेटमा टेन नवोदयका रोशन माझीले गरेको गोल नै निर्णायक बन्न पुग्दा द रियल ब्रदर्स उपविजेता बन्न पुगेको छ ।
प्रतियोगिताको बिजेता टेन नवोदयले उपाधीसँगै नगद १ लाख ७५ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता द रियल ब्रदर्सले ७५ हजार रुपैयाँ पाएको छ। फाइनल खेलको मेन अफ द म्याच द रियल ब्रदर्सका विशाल पाण्डे भएका छन ।
प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी टेन नवोदयका गोल रक्षक अर्जुन बस्नेत बन्दै १० हजार रुपैयाँ प्राप्त गरेका छन ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक समेत टेन नवोदयका अर्जुन बस्नेत नै घोषित भएका छन। उत्कृष्ट डिफेन्स द रियल ब्रदर्सका तिर्थराज बस्नेत, उत्कृष्ट मिडफिल्ड सिरिजंङ्गाका जहरमान लिम्बू, उत्कृष्ट फरवार्ड टेन नवोदयका रोशन माझी , उदयमान खेलाडी वाईजिएफटीका सञ्जय लिम्बु घोषित भएका छन। विधागत उपाधी विजेताहरुले जनहिँ ५ हजार रुपैयाँ प्राप्त गरेका छन ।
प्रतियोगिताको फेयर प्लेको उपाधी देविगञ्ज फुटबल क्लबले पाएको छ भने उत्कृष्ट प्रशिक्षक विजेता टोलिका प्रशिक्षक साजन काङ्वा बनेका छन।