सरकारको विरुद्धमा लक्ष्मीमार्गमा तरुणदलको र्याली

बेलबारी
नेपाल तरुण दलले शनिवार बेलबारीको लक्ष्मीमार्गमा सरकारको विरुद्धमा विरोध र्याली गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले पार्टीले आह्वान गरेको देशभर प्रदर्शन गर्ने क्रममा लक्ष्मीमार्गमा सरकारको विरुद्धमा विरोध र्याली गरेको हो ।


प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको हठात संसद विघटन विरुद्धमा नेपाल तरुण दल बेलबारीले शनिवार बेलबारी ११ लक्ष्मीमार्गको सुम्नीमा चोक देखी लक्ष्मीमार्ग चोक सम्म विरोध ¥याली गरेको थियो । विरोध ¥यालीको कोण सभामा बोल्दै नेपाली कांग्रेसका महासमिती सदस्य महेन्द्र सुबेदिले प्रधानमन्त्री ओलीलाई बडामहाराजको संज्ञा दिँदै संसद् विघटन फिर्ता गर्नुपर्ने बताए । केपी ओली तानासाह मुर्दावाद, राष्ट्रपतिको अलोकतान्त्रिक कदम मुर्दावाद लगायतको नारा लगाउँदै कांग्रेस सडकमा आएको थियो ।

कांग्रेसले पुस १३ गते देशभर आन्दोलनको घोषणा गरेको छ ।