सुर्य ज्योती सहकारीको अध्यक्षमा पदम प्रसाद तिम्सिना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १० मा रहेको सुर्य ज्योती बचत तथा ऋण सहकारी सस्थाको अध्यक्षमा पदम प्रसाद तिम्सिना चयन भएका छन ।

शुरबार भएको सहकारीको चौधौ वार्षिक साधारण सभाबाट तिम्सिना सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन ।

त्यस्तै उपाध्यक्षमा रेवतीकुमार तिम्सिना सचिवमा घनश्याम विमली, सहसचिवमा शारदा चौहान र कोषाध्यक्षमा रत्न बहादुर खड्का चयन भएका छन ।

त्यस्तै सहकारीको सदस्यमा कृष्ण बहादुर भण्डारी, गणेश बहादुर पौडेल, होमनाथ पोखरेल, विष्णु प्रसाद गुरागाई, राधा घिमिरे, इन्दिरा भट्टराई, सरस्वती खड्का र गोमा श्रेष्ठ चयन भएका छन ।

त्यस्तै लेखा समितीको सयोजकमा गंगा कट्टेल र सदस्यहरुमा टेकबहादुर खनाल र ज्ञानु घिमिरे चयन भएका छन ।