फाइनमा टेन नवोदय र द रियल ब्रदर्स भिड्ने

पथरी, प्रथम टेन्स्वर्ग पथरी शनिस्चरे प्रिमियर लिगको फाइनलमा टेन नवोदय द रियल ब्रदर्स आमुने सामु हुने भएका छ्न ।
पुस ११ गते शनिबार हुने फाइनल खेलमा दुबै तिम उपाधी रक्षाका लागि मैदान उत्रदैछ्न ।
प्रतियोगिताको च्याम्पियनले नगद १ लाख ७५ हजार र उप बिजेताले ७५ हजार नगद सहित ट्रफी मेड्ल र प्रमाणपत्र हात पार्ने छ्न ।
आजको फेमिफाइनल खेलमा हेरिका न्यु स्टार सग संघर्ष पूर्ण जित निकाल्दै द रियल ब्रदर्शले फाइनमा टेन नवोदय सग भेट पक्का गरेको हो ।
बिहिबारभएको अन्तिम सेमि फाइनल खेलमा टाइब्रेकरमा ४—३ गोल अन्तरले हेरिका न्युस्टारलाई पराजित गर्दै द रियल ब्रदर्श फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो । रियल ब्रदर्शले फाइनलमा प्रवेश गर्न हेरिका सग निक्कै संघर्ष पूर्ण खेल खेल्नु पर्यो ।
खेल अबधिभर र थपिएको २० मिनेटको समयमासमेत गोल रहित बराबारी भएपछि टाइब्रेकरबाट निर्णय भएको हो ।
खेल बिजेता टिमको तर्फबाट तिर्थराज बस्नेत, समिर याक्खा, दीपेन माझी, बिशाल पाण्डेले गोल गरेका थिए भने देबराज गुरुङले प्रहार गरेको गोल बिपक्षी हेरिका न्युस्टारका रक्षक बिशाल दर्लामी मगरले रोकेका थिए ।
आजको खेलको म्यान अफ दि म्याच द रियल ब्रदर्सका देबराज गुरुङ घोषित भए ।
हेरिका खेलाडि मिन धिमाल र बिबेक लिम्बूले प्रहार गरेको गोल पोष्ट बाहिरिपछि पराजय स्वीकार्नु परेका थियो । हेरिकाको तर्फबाट समिर धिमाल, रमेश लिम्बू, प्रबिण आङ्देम्बेले गोल गरेका थिए ।
मोफसल (उपात्यका बाहिर) मै पहिलो पटक फुटबल प्रिमियर लिग दाबी गरिएको खेलमा आठ टिमको सहभागिता रहेको थियो ।
लिग कम नकआउटको आधारमा भएको लिगमा समूह ‘ए’बाट सिरिजंङ्गा र हेरिका न्युस्टारले सेमि फाइनलसम्म को यात्रा तय गरेका ।
समूह ‘बी’बाट टेन नबोदय र द रियल ब्रोदर्श एफसी लिग चरण पार गर्दै सेमि फाइनल खेलेका थिए ।
खेलाडि उत्पादनको मुख्य उदेश्य राखेर आयोजित प्रतियोगितामा हिमअस हाइवे, शिखर, देविगंञ्ज र वाइजीएफटी फुटबल क्लब लिगमा तीन तीन खेल खेल्दै बाहिरिएका थिए ।