रोशन माझी नायक बन्दा टेन नवोदयको फाइनल यात्रा शुनिस्चित, शिरिजङगा बाहिरियो

पथरी, प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा टेन नवोदयले फाइनल यात्रा तय गरेको छ । बुधबार भएको पहिलो सेमीफाइनल खेलमा श्रीजंगा एफसीलाई १–० गोल अन्तरले हराउदै टेन नवोदयले फाइनल यात्रा तय गरेको हो ।
खेलको २४ औँ मिनेटमा टेन नवोदयका जर्सी नं. ९ का खेलाडी रोशन माझीले गोल गरे । माझीले गरेको गोल नै निर्णायक बन्यो ।
टेन नवोदयको यसअघि पनि खेलको ६ मिनेटमा संजिव कुरुङ्वाङले गरेको उत्कृष्ट फ्रिकिक गोल रक्षक अशोक खत्रीले बिफल बनाइदिएका थिए । ५३ औँ मिनेटमा धिरेन विष्टले गरेको फ्रिकिक प्रहारले पनि गोल पोस्टको दिसा लिन नसकेपछि टेन नवोदय १–० मा चित्त बुझाउन बाध्य भयो । खेलको ७९ औँ मिनेटमा सेवेहाङ् लिम्बूले रातो कार्ड पाएपछि टेन नवोदय निकै दवावमा परेको थियो ।
खेलअवधिभर दवावमा देखिएको श्रीजंगाले पाएका केही सुनौला अवसरको सदुपयोग गर्न सकेन । खेलको २२ औँ मिनेटमा जहरमान लिम्बूले गरेको फ्रिकिक गोल रक्षक अर्जुन बस्नेतले बिफल बनाइदिए । यसपछि पनि श्रीजंगा निकै अवसरहरुको सदुपयोग गर्न चुकेको हो । खेलको अन्तिम समयमा बढि आक्रमक बनेको श्रीजंगाले गोल फर्काउन नसकेपछि खेलबाट बाहिरिन बाध्य भयो ।
प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच टेन नवोदयका संजिव कुरुङ्वाङ् घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।
बुधबारको नकआउट चरणको खेल दि रयल ब्रदर्श र हेरिका न्यू स्टार बिच हुने अयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।