पुत्लादहन सहित राष्ट्रपति र प्रधानमन्त्रिलाई नेपाल तरुण दल पथरी शनिश्चरेले गर्‍यो कुरीकुरी

कुमार खड्का मोरङमा ससद बिघटनको बिरोध गर्दै सोमबार साँझ कांग्रेस सम्बद्ध नेपाल तरुण दलले रास्ट्रपति र प्रधानमन्त्री को पुत्ला दहन गर्दै ‘केपी ओली कुरीकुरी धेरै भयो चुरीफुरी’ को नारा घन्काउदै कुरीकुरी गरेका छन् ।


मोरङको पथरी थनिश्चरे नगर समितिले राष्ट्रपति र प्रधानमन्त्री असबैधानि कदमो विरोध गर्दैे पुत्ला दहन गरेको हो ।
सोमबार साँझ करिव ५ बजे पार्टी कार्यालय हुनुमान चौकबाट झण्डा ब्यानरसहित निस्केको र्‍याली पथरी बजार परिक्रमा गर्दै लोकतान्त्रिक चोकमा पुगेर कोण सभा गरेको थियो ।
‘सर्वसत्तावादी ओली सरकार मुर्दावाद, असबैधानिक कदम खारेज गर’ ‘केपी तेरो पाराले दुःख पाए साराले’, ‘केपी ओली कुरीकुरी धेरै भयो चुरीफुरी’ जस्ता नारा लगाउदै करिव ५ सयको हाराहारीमा तरुण र पार्टीका नेता कार्यकताको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेकोमा विरोध प्रदर्शन गर्दै पुत्ला दहन गरेको हो ।
कोणसभामा पार्टीको महासमिति सदस्य बसन्त भट्टराईले ओलीको असबैधानिक कदम खारेज गर्नुपर्ने विचार राखेका थिए ।
राष्ट्रपतिले ओलीको कार्यालय सचिव जस्तो भएर काम गरेको बताए । खड्ग ओली भ्रष्टचारको नाइके भएको आरोप लगाउदै जनतालाई बाराम्बार धोका दिदै आएको बताए ।
भट्टराईले संसदीय व्यवस्था मान्ने कम्युनिष्ट नहुने बताए ।नेपाल तरुण दलको नगर सभापति सन्तोष कटुवालले ओलीको असवैधानिक कदम खारेज नभएसम्म तरुण दल सडक मै आन्दोलन गरि रहने बताए ।