बेलबारी जेसिजलाई उत्कृष्ट शाखा पुरस्कार


वर्ष २०२० मा नेपाल जेसिजका देशभरका शाखाहरु मध्ये सामुदायिक क्षेत्रमा उत्कृष्ट कार्य गरेकोमा बेलबारी जेसिज पुरस्कृत भएको छ । बुटवलमा सम्पन्न नेपाल जेसिजको ४७ औ राष्ट्रिय महाधीवेसनमा बेलबारी जेसिजलाई ‘सामुदायिक क्षेत्रमा उत्कृष्ट शाखा पुरस्कार’ प्रदान गरिएको हो । नेपाल जेसिज वर्ष २०२० का राष्ट्रिय अध्यक्ष अशोक शंकरले बेलबारी जेसिज वर्ष २०२० का अध्यक्ष राजेश खत्रीलाई पुरस्कार प्रदान गर्नुभएको हो । वर्षभरीमा विभिन्न ४७ वटा कार्यक्रम सञ्चालन गरेको बेलबारी जेसिज यसअघि गत जनवरीमा पनि उत्कृष्ट शाखाको रुपमा पुरस्कृत भएको थियो ।