देवीथान सामुदायिक वनको वार्षिक साधारणसभा सम्पन्न


बेलबारी ४ स्थित देवीथान सामुदायिक वन उपभोक्ता समुहको १५ औ साधारणसभा शनिबार सम्पन्न भएको छ । समुहकै कार्यालय परिसरमा भएको साधारणसभामा आर्थिक वर्ष २०७६।७७ को आयव्यय विवरणसहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो । समुहका अध्यक्ष नारायण सुनुवारले अध्यक्षको प्रतिवेदन,सचिव रिता भण्डारीले संगठनको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । बेलबारी वडानम्बर ४ का वडाध्यक्ष रामकुमार किराँतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको विशिष्ट अतिथी सव डिभीजन वन कार्यालय बेलबारीका प्रमुख दिपेश कुमार मिश्र,अतिथीमा समुहका पुर्व अध्यक्ष मानबहादुर गौतम लगायत हुनुहुन्थ्यो ।