टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगको शीर्ष स्थानमा श्रीजंगा

पथरी, प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलको शीर्षस्थानमा श्रीजंगा एफसी आइपुगेको छ ।
श्रीजंगा आजको खेलमा हिमाअस हाइवेलाई ३–० गोल अन्तरले पराजित गर्न सफल भएको छ । आजको खेलमा बिजयी भएपछि ९ अंक जोड्दै श्रीजंगा शीर्ष स्थानमा आइपुगेको हो ।
खेलको ३७ औँ मिनेटमा श्रीजंगा एफसी जर्सी नं. २ का खेलाडी सफल आङ्बुहाङले गोल गरे । श्रीजंगाकै तर्फबाट ४५ औँ मिनेटमा वान भर्सेज वानमा जर्सी नं. १४ सनम धिमालले उत्कृष्ट गोल गरे । ६९ औँ मिनेटमा दिल कुमार याक्सोको पासलाई सदुपयोग गर्दै जर्सी नं. १७ का प्रताप चेम्जोङले उत्कृष्ट गोल गर्दै टिमलाई ३–० को जित निकाल्न सफल भएका हुन् ।
यसअघि २३ औँ मिनेटमा प्रतापले प्रहार गरेको गोल, गोल रक्षक मनोज गुरुङले बिफल बनाइदिएका थिए । ४१ औँ मिनेटमा अशुतोष थापाको शक्तिसाली प्रहारलाई पनि गोल रक्षक गुरुङले बिफल पारिदिए ।
खेलको सुरुवाती चरणबाट नै कम्जोर देखिएको हिमाअस हाइवेले दोस्रो हाफमा पनि खेलमा फर्किन सकेन । खेलमा पटक पटक पाएका उत्कृष्ट अवसरहरु सदुपयोग गर्न नसकेपछि हाइवेले अंक सुम्पन बाध्य भयो । खेलको ४३ औँ मिनेटमा पाएको कर्नर आशिस गुरुङले प्रहार गरे तर गोलले पोस्टको दिसा लिन सकेन ।
प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच श्रीजंगाका टिम क्यापटेन (खेलाडी) सुवास तामाङ घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।
आइतबारको तेस्रो चरणको खेल वाइ.जि.एफ.टी. र देविगञ्ज एफसी बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।