बेलबारीमा टाटा पिकअपको ठक्करबाट १ जना घाइते

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा पिकअपको ठक्करबाट एक जना घाइते भएका छन । बेलबारी नपा ११ लक्ष्मीमार्ग स्थित पुर्व बाट पश्चिम तर्फ आउदै गरेको को २ च ५२६ न. को टाटा पिकअप गाडिले पैदलयात्री बेलबारी ११ बस्ने बर्ष ६३ कि चरिमाया राईलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते राईलाई उपचारको लागि विराटनगर स्थित नोबेल मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ । पिकअप चालक बेलबारी १ बस्ने बर्ष ४७ को खेमराज पाठक ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।