सुन्दरहरैचामा क्षमता अभिवृद्धि तालिम सम्पन्न

सुन्दरहरैचा । सुन्दरदुलारी उधोग वाणिज्य संघद्वारा आयोजित क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । संघको पदाधिकारी र संघमा आबद्द व्यापारीहरुको लागि संचालित १ दिने क्षमता अभिवृद्धि तालिम बुधवार सम्पन्न भएको हो ।

सुन्दरहरैचा नगरपालिका वडा नं ४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ प्रमुख अतिथी रहेको उक्त कार्यक्रम संघका अध्यक्ष किशोर कार्कीको रहेको थियो । उक्त तालिममा पदाधिकारी र व्यापार व्यवसाय गर्ने ४० जना व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

आफ्न पदाधिकारी र व्यापारीहरुको क्षमता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमा सञ्चालन गरेको संघका अध्यक्ष किशोर कार्कीले जानकारी दिए । संघमा आदद्द ४० जना सहभागिहरुलाई राजु शर्मा र प्रमोद महत्वले सहजीकरण गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन संघका महासचिव जीवन प्रशाद ढुंगानाले गरेका थिए । कार्यक्रम नेपाल उधोग वाणिज्य महासंघ कृषि उधमा केन्द्रको आयोजनामा भएको थियो भने सहजकर्ताको रुपमा सुन्दरदुलारी उधोग वाणिज्य संघ रहेको थियो ।