सुन्दरहरैचाका २२ वर्षिय युवाको कोरोनाबाट मृत्‍यु

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा कोरोनाबाट मंगलबार थप एक जनाको मृत्‍यु भएको छ । सुन्दरहरैचा नगरपालिका वडा नं ०६ का २२ वर्षिय युवाको कोरोनाबाट मृत्‍यु भएको वडाध्यक्ष जीवन राईले जानकारी दिए ।

मंसिर २९ गते कोरोना पुष्टि भएपछी उनी अस्पातल भर्ना भएका थिए । विराटनगर स्थित कोभिड अस्पातलमा मंगलबार राती मृत्‍यु भएको अस्पतालले जनाएको छ ।