पथरी शनिश्चरे प्रिमियर लिग सिरिजङ्गा विजयी हुदैँ ६ अंक जोड्यो

पथरी, प्रथम टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिगमा आजको खेलमा सिरिजङ्गा फुटबल क्लव बिजयी हुदै ६ अंक जोडेको छ ।
प्रस्तावित पथरी रंगशालामा सम्पन्न खेलमा शिखर फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सिरिजङ्गाले लिगको अंक तालिकामा ३ अंक थपेको हो ।
योसँगै २ खेल खेलेको सिरिजङ्गाले दुवै खेलमा जित हात पार्दै ६ अंक जोडेको हो ।
खेलको ४९ औँ मिनेटमा सिरिजङ्गाका मंजिल खड्काले टिमका लागि पहिलो गोल गरेका थिए । खेलको ५९ औँ मिनेटमा सिरिजङ्गाका दिल कुमार याक्सोलाई लडाएर पाएको फलको सदुपयोग गर्दै जहरमान चेम्जोङ्गले फ्री किक मार्फत जाली चुमाएका थिए । उनकै गोल नै सिरिजङगालाई नतिजा आफ्नो पक्षमा पार्न निर्णायक बनेको थियो ।
२–० ले पछाडी परेको शिखर फुटबल क्लबका लागि ७९ औँ मिनेटमा सौरज राउतले जवाफि १ गोल गरे पनि हार टार्न सकेन ।
दुवै टिमका लागि प्राप्त केही अवसरहरु सदुपयोग हुन सकेन । खेलको ३५ औँ मिनेटमा सिरिजङ्गाका प्रताप चेम्जोङ्गको पासमा दिल कुमार याक्सोले पाएको अवसर चुकेको थियो ।
खेलको १७ औँ मिनेटमा शिखर फुटबल क्लबका साइमन लिम्बुको पासमा निरज परियारले उत्कृष्ट हेड गरे पनि गोल हुन सकेन ।
आजको खेलको सोनालिका म्यान अफ दि म्याच सिरिजङ्गाका जहरमान चेम्जोङ्ग भएका छन ।
लिग अन्तर्गत भोलीको खेल टेन नवोदय र वाई.जी.एफ.टी विच हुनेछ । लिगकम नकआउट शैलीमा मोफसलमा पहिलो पटक खेलाडी लिलाम बिक्रीबाट छनौट गरि खेल आयोजना गरिएको हो ।
प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।