प्रथम पथरी शनिश्चरे प्रिमियर लिगमा टेन नवोदयको अपराजित यात्रा कायमै ।

पथरी, प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा टेन नवोदयले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
आज भएको दोस्रो चरण्को खेलमा टेन नवोदयले वाई. जि. एफ. फुटबल क्लब लाई १-० गोल अन्तरले पराजित गर्दै लिग तालिकामा ३ अक जोड्दै ६ पुर्याएको छ ।
खेलको १६ औँ मिनेटमा टेन नवोदयका जर्सि नं. १० का खेलाडी घनश्याम चौहानले गरेको गोल नै निर्णयक बन्यो । कर्नर पासबाट आएको गोल रोक्न खोज्दा गोल रक्षक चेतन खतिवडाको हातबाट फुस्किएपछि चौहानले उत्कृष्ट गोल गर्न सफल भएका हुन् । यसपछि पनि घनश्यामले पटक पटक पाएका सुनौला अवसरलाई गोलको दिसा दिन नसक्दा थप गोल गर्न नसकेपछि टेन नवोदयले १–० मै चित्त बुझायो ।
टेन नावेदयका सनम मुडियारीले गरेको प्रहारले जाली चुम्न सकेन । वाइ.जी.एफ.टी.का निमोन लिम्बूको उत्कृष्ट फ्रिकिकले जाली चुम्न सकेन । निमोनसंगै सुमन राई लगायतको निरन्तरको प्रहार बिफल भएपछि आइ.जि.एफ.टी.ले टेन नवोदयलाई अंक सुम्पन बाध्य भयो ।
आजको खेलमा जित हांसिल गरेपछि टेन नवोदयले ६ अंक बनाएको छ ।
प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच टेन नवोदयका गोल रक्षक अर्जुन बस्नेत घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।
बिहिबारको दोस्रो चरणको खेल देवीगञ्ज एफसी र दि रियल ब्रोदर एफसी बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।