प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगमा दि रियल ब्रोदर र वाइ.जि.एफ.टी.ले अंक बाँडे

पथरी । प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा आजको खेलमा दि रियल ब्रोदर र वाइ.जि.एफ.टी.ले अंक बाँडेका छन् । खेलको ११ औँ मिनेटमा दि रियल ब्रोदरका सुजन खत्रीले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको ८१ औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै वाइ.जि.एफ.टी.ले गोल गर्न सफल भयो । डिबक्स एरियामा फल गरेपछि वाइ.जि.एफ.टी.का निमन लिम्बूले गोललाई जाली चुमाएका हुन् । खेलअवधिभर दुवै टिमले उत्कृष्ट प्रदर्शन गरेका थिए । खेलको दोस्रो हाफमा रक्षात्मक खेलेको रियल ब्रोदरले अग्रता जोगाउन सकेन । बराबरी खेलेपछि दुवैटिमले १–१ अंक बाँडेका छन् । प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको सोनालिका म्यान अफदी म्याच वाइ.जि.एफ.टी.का खेलाडी संजय लिम्बू घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो । सोमबारको खेल हिमाअस हाइवे र हेरिका न्यूस्टार बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।