कांग्रेस मोरङले मंसिर २९ गते विराटनगरमा जुलुस र खबरदारीसभा गर्ने

नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले पार्टीको घोषित कार्यक्रम अनुसार यहि मंसिर २९ गते विराटनगरमा विरोध जुलुस तथा खबरदारीसभा गर्ने भएको छ । कोरोना संक्रमणको जोखिमलाई पनि ध्यानमा राख्दै सकेसम्म सुरक्षा सावधानीका साथ विरोध कार्यक्रम गर्न लागिएको कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले जानकारी दिनुभएको छ । जिल्लाका विभिन्न स्थानबाट विराटनगर स्थित सभागृहमा भेला हुने र विरोध र्याली सहित हिमालय रोडमा खबरदारी सभा समेत गरिने लिम्ब्ुले जानकारी दिनुभएको छ । खबरदारी सभालाई कांग्रेस महामन्त्री शसांक कोइराला सहित केन्द्रिय सदस्यहरुले समेत सम्बोधन गर्नेछन् ।
देश अहिले अविभावक विहिन जस्तो भएको,सरकारले जनताको स्वास्थ्य,जिवनसुरक्षा जस्ता क्षेत्रमा केहीपनि काम नगरेको,अनियमितता,हत्याहिंसा बढेको र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथी समेत दुव्र्यवहार गर्दै सरकारले लोकतन्त्रको धज्जी उडाएकाले यस्ता कार्यविरुद्ध खबरदारीका लागि विरोध प्रदर्शन हुनलागेको कांग्रेस मोरङले जानकारी दिएको छ ।

तरुण दलले मोटरसाईकल र्याली गर्ने

यसै विच नेपाली कांग्रेसकै भातृ संगठन नेपाल तरुण दल विराटनगर महानगर समितिले पनि सोही दिन वृहत मोटरसाईल र्याली अयोाजना गर्ने भएको छ । विरोध जुलुस भन्दा अघि मोटरसाईकल र्याली गरिने तरुण दल विराटनगरका सभापति सन्तोस न्यौपानेले जानकारी दिनुभएको छ । विहान १० बजे तिनपैनी चौकबाट सुरु हुने मोटरसाइकल र्यालीले महानगर परिक्रमा गरेर खबरदारी सभा स्थल पुग्नेछन् । र्यालीमा ५ सय भन्दा बढि मोटरसाईकल सहभागी रहने न्यौपाने जानकारी दिनुभएको छ ।