प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगमा श्रीजंगा क्लव बिजयी

  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रथम टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिग फुटबलमा आजको खेलमा श्रीजंगा क्लव बिजयी भएको छ । खेलको ३३ औँ मिनेटमा दिलकुमार याक्सोले गरेको गोल नै निर्णाय बन्यो खेलको ६५ औँ मिनेटमा श्रीजंगाका सुवास तामाङले गरेको आकर्षक प्रहारलाई हेरिकाका गोल रक्षकले उत्कृष्ट बचाउ गरे । यस्तै ७५ औँ मिनेटमा सनम धिमालको प्रहार पोसमा लागेर रिबाउण्ड हुँदा थप गोल गर्नबाट श्रीजंगा चुकेको थियो । खेलअवधिभर दवावमा रहेको हेरिक न्यूस्टारले निकैवटा प्रहारलाई गोलमा परिणत गर्न नसक्दा हार व्यहोर्न पुग्यो । खेलको ५६ औँ मिनेटमा बुद्ध राना मगरको उत्कृष्ट प्रहार गोल पोस्टमा लागेर रिवाउण्ड हुँदा गोल गर्नबाट चुक्यो । लगातार ३ वटा सुनौला मौका पाउदा पनि गोललाई पोस्टको दिशा दिन नसक्दा हेरिका स्तब्ध बन्यो । खेलको उत्रार्धमा हेरिका निकै आक्रमक रुपमा देखिए पनि जवाफी गोल फर्काउन नसक्दा १–० गोल अन्तरले पराजित बन्न पुग्यो । प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको म्यान अफदी म्याच श्रीजंगा क्लवका खेलाडी विवेक आङ्देम्बे घोषित भए । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो । शनिबारको खेल १० नवोदय र देवीगंज एफसी बिच हुने आयोजक कमिटिले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।