साइकल रेस आयोजना गर्दै जेसिज सप्ताह सम्पन्न

सुन्दरहरैचा । स्वास्थका लागि खेलकुद भन्ने नाराका साथ आज इन्द्रपुर जेसिजले जेसिज सप्ताह कार्यक्रम अन्तर्गत साइकल रेस प्रतियोगिता सम्पन्न गर्दै जेसिज सप्ताहको समापन गरेको छ ।

इन्द्रपुर जेसिज बर्ष २०२० अध्यक्ष गणेश भट्टराईको अध्यक्षतामा साथै उधोग वाणिज्य संघ सुन्दरहरैचाका अध्यक्ष नवराज चापागाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पहिलो दिन अति विपन्न परिवारलाई न्यानो कपडा वितरण, दोश्रो दिन जेसिजका विभिन्न शाखाहरु बिच मैत्रीपुर्ण फुटसल प्रतियोगिता र तेस्रो दिन साइकल रेस प्रतियोगिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन इन्द्रपुर जेसिजका महासचिव उज्वल थापाले गरेका थिए । सहभागी १७ जना साइकल राईडर प्रतियोगिहरुमध्ये क्रमशः प्रथम र दोस्रो मुना हाङ राई र रामकृष्ण खड्का त्यस्तै तेस्रो रविन विष्ट भएको कार्यक्रमका सयोजक विवेक न्यौपानेले बताए ।

जेसिजले बर्सेनि समुदायमा आधारित रहेर जेसिज सप्ताह मनाईरहेको छ । बढ्दो जाडोका कारण न्यून आय भएका घरपरिवारलाई केही राहत हुन्छ भनेर न्यानो कपडा वितरण, मैत्रीपुर्ण फुटसल खेल साथै स्वास्थ्य रहन साइकिलिङ जस्ता कार्यक्रम जेसिज सप्ताहमा राखेको महासचिव थापाले बताए ।




Leave a Reply

Your email address will not be published.