पथरी शनिश्चरे प्रिमियर लिगको उद्घाटन खेलमा हिमाअस र शिखर एफसी बराबरीमा

मोरङ । टेन्सवर्ग प्रथम पथरी शनिश्चरे प्रिमियर लिग अन्र्तगत आज भएको खेलमा शिखर एफसी र हिमाअस हाइवे ले बराबरी खेल खेलेका छन् ।
विहिबार बाट सुरु भएको प्रतियोतिमा आजको उद्घाटन खेल २/२ गोलको बराबरीमा सकिएको हो ।
पथरी स्थित प्रस्तावित पथरी शनिश्चरे रंगशालमा भएको खेलमा सुरुवाती अग्रता हिमाअस हाइवेले कायम गरेता पनि खेलमा सम्माहिन नसक्दा अंक बाड्न बाध्य बन्यो ।
खेलको २८ औँ मिनेटमा हिमाअसका किमजो धिमालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको थप अतिरिक्त समयमा जर्सी नं. १० का अमर याख्खाले गोल गर्दै टिलाई २-० को अग्रता दिलाएका थिए ।
पहिलो हाफमा तालमेल मिलाउन नसकेको शिखर एफसीले दोस्रो हाफमा खेलको लय पक्रिदै जवाफी गोल फर्काएको थियो ।
दोस्रो हाफको २५ औँ मिनेटमा शिखर एफसीका बम्फे धिमालले गोल गर्दै खेललाई २-१ को अन्तरमा ल्याएका थिए ।
त्यसको केही समय पछि पूनः शिखर एफसीका जर्सी नं. ११ सौर्य राउतले थप गोल गर्दै खेल बराबरीमा ल्याए ।
लिगकम नकआउटका शैलीमा भएको पहिलो खेलमा दुवै टिमले २/२ गोल गरेपछि १/१ अंक बाँडेका छन् ।
दुवैतर्फबाट निकै आकर्षक खेल प्रस्तुत गरेता पनि निकैवटा गोल गर्ने सुनौला अवसर भने गुमाए । खेलको म्यान अफदि म्याच शिखर एफसीका सौर्य राउत भए ।
८ वटा टिम सहभागी रहेको लिगमा भोलीको खेल हेरिका न्यूस्टार र सिरजिंगा एफसी बिच हुने पथरी शनिश्चरे प्रिमियर लिग कमिटीले जनाएको छ ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ भने प्रत्येक टिममा १(१ मार्की खेलाडी र अन्य खेलाडी अक्सन मार्फत अनुबन्धित गरि प्रतियोगिताको आयोजना गरिएको खेल संयोजक संजिव गिरीले बताउनु भयो ।
प्रतियोगितामा हिमा अस हाईवे, शिखर फुटबल क्लब, देविगञ्ज फुटबल क्लब, १० नवोदय फुटबल क्लब, हेरिका न्युस्टार फुटबल क्लब, सिरिजंगा फुटबल क्लब, द रियल ब्रदर्स फुट्बल क्लब र वाईजिएफटीको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख ७५ हजार र उप बिजेताले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
खेलको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिप कुमार राईले गर्नुभएको थियो ।