विराटनगर । मोरङ प्रहरीले बिहिबार २१ वटा कुखुरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली गरि ल्याएको २१ वटा कुखुरा नष्ट गरेको हो ।
प्रहरीका अनुसार विराटनगर महानगरपालिका वडा नं.-१६ स्थित हुलास मेटल अगाडी भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको २१ वटा बोईलर कुखुरा वेवारिसे अवस्थमा फेला पारी बरामद गरेको हो ।
प्रहरीले बरामद गरेको उक्त कुखुरा प्रहरी कार्मचारी तथा स्थानिय मानिसको रोहवरमा नष्ट गरिएको ।