विराटनगरको ह्वाइट हाउसमा प्रहरीको छापा ठूलो परिमाणमा कपडा बरामद

विराटनगर । मोरङको विराटनगर मेनरोडको एक कपडा पसलबाट बिहिबार प्रहरीले ठूलो परिमाणमा कपडा बरामद गरेको छ । मेनरोडमा सञ्चालित ह्वाइट हाउस कपडा पसलबाट प्रहरीले कपडा बरामफ गरेको हो ।

गोदाममा थुपारेर राखिएको अवस्थामा प्रहरीले कपडा बरामद गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार पसलको गोदाम राखिएका कपडाको विल विजक नभएको भेटिएपछि तत्कालको लागी बरामद गरिएको हो ।

बरामद कपडाको विषयमा थप अनुसन्धान हुने मोरङ प्रहरीले जनाएको छ ।