देउवाले सर्वदलीय बैठक बहिस्कार गरेकै हुन ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी छ ।

बैठकमा प्रधानमन्त्री ओलीले देशमा कोरोना भाइरसको महामारी र रोकथाम, विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा तथा पछिल्लो समय देशभर राजतन्त्रका समर्थकको आन्दोलन र प्रदर्शनलाई लिएर चिन्ता जाहेर गरेका थिए ।

बैठक सुरु भएको एक घन्टा नपुग्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीचमै छाडेका छन् । उनी बैठक छाडेर बाहिर निस्केका छन् । बैठक बीचमै छाड्नुको कारणबारे उनले सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महत बैठकमै छन् ।