मैत्रीपुर्ण फुटसल खेलमा उर्लाबारी जेसिज विजयी

सुन्दरहरैचा । इन्द्रपुर जेसिजले आयोजना गरेको “जेसिज सप्ताह” कार्यक्रम अन्तरगत मैत्रीपुर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । 
 

उर्लाबारी जेसिज र तरहरा जेसिज बिच भएको फाईनल खेलमा उर्लाबारी जेसिज फाइनल विजयी भएको प्रतियोगिताका संयोजक समीर बस्नेतले जानकारी दिए । 

प्रतियोगितामा जेसिजका विभिन्न ८ वटा शाखाहरुको सहभागिता रहेको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तरगत न्यानो कपडा, फुटसल प्रतियोगिता , साइक्लिङ्ग लगायतका कार्यक्रमहरुको आयोजना गरिएको इन्द्रपुर जेसिजका महासचिव उज्ज्वल थापाले बताए ।

जेसिजले सप्ताह व्यापी कार्यक्रमको पहिलो कार्यक्रममा सुन्दरहरैचा नगरपालिका वडा नं १० का अति विपन्न परिवारहरुलाई १२ थान न्यानो कपडा वितरण गरेको थियो ।