बेलबारीका ६ हजार सुकुम्बासीको हातमा धनीपुर्जा

बेलबारी । बेलबारी नगरपालिकाका ६ हजार भन्दा बढि घरपरिवारलाई जग्गा धनिपुर्जा बितरण गरीने भएको छ । सोमबार मोरङको बिराटनगरमा सकुमबासी समस्या समाधान आयोगसँग नगरपालिकाले सम्झदारी पत्रमा हस्ताक्षर गरेको छ ।

आयोग सँग नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी तथा प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले हस्ताक्षर गरेका छन । आयोगले बेलबारीमा ६ हजार ६१ घरधुरीलाई जग्गाधनिपुर्जा बितरण गर्ने प्रस्तावित बिबरण समेत तयार  पारेको छ ।

आयोगले तयार पारेको बिरणमा थपघट हुन सक्ने नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । उनले भने अफनो नगरमा भएका भुमिहिन सकुमवासि, दलित भुमिहिन, अब्यबस्थित बसोवास गरीरहेकाहरुको पुन तथ्याक संकलन गरेर आयोगमा पठाउछौ ।

बेलबारी सहित प्रदेश १ का ३० स्थानियतहमा पुर्जा वितरण गर्ने आयोगले जनाएको छ । मोरङ, सुनसरी, झापा, उदपयुर ताप्लेजुङ पाँचथर इलामका केहि स्थानियतहमा पुर्जा बितरण गर्ने तयारी अगाडि बढाइएको छ । मोरङ उर्लावारी,पथरीशनिश्चरे बेलबारी रंगेलि,लेटाङ, कानेपोखरी र मिक्लाजुङ रहेका छन ।

आयोगले दलित भुमिहिन, भुमिहिन सकुम्बासी, अब्यस्थीत बोसोवासीहरुलाई  जग्गा धनिपुर्जा बितरण गर्ने गरी काम अगाडि बढाएको छ ।