तिला लेकाली बेलबारी साहित्य विकास समिति अध्यक्ष निर्वाचित

बेलबारी साहित्य विकास समितिको अध्यक्षमा तिला लेकाली निर्वाचित हुुनुभएको छ । शनिवार बेलबारी १ स्थित सांस्कृतिक भवनमा भएको तेस्रो वार्षिक साधरण सभाबाट लेकाली अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
उपाध्यक्षमा रमेश निरौला र विमला सुवेदी, सचिव धनजित पराजुली, कोषाध्यक्षमा पार्वती पराजुली चयन हुनुभएको छ । कार्यसमिति सदस्य ११ सहित १५ सदस्यि समिति निर्वाचित भएको हो । लेखा समिति संयोजकमा राजेन्द्र कार्की चयन हुनुभएको छ ।