सुन्दरहरैचामा काङ्ग्रेसमा प्रवेश गर्नेको संख्या बढ्यो

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा काङ्ग्रेसबाट निर्वाचित नगरप्रमुख शिव प्रसाद ढकालको आगमन सगै विभिन्न पार्टी परित्याग गरि काङ्ग्रेसमा प्रवेश गर्नेको संख्या बढ्दो छ ।

ढकाल नगरप्रमुखमा निर्वाचित भएर आए सगै यहाको विकासको गतिविधी र जनतामा पुर्याउनु पर्ने सेवाले गर्दा यहाका नगरवासीहरु प्रभावित भएका छन । जसकारण मोरङको सुन्दरहरैचा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि १०० जना भन्दा बढी युवाहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन ।

विभिन्न नेता कार्यकर्ताको सहकार्यमा पछिल्लो समय सुन्दरहरैचा नगरपालिका भित्र हप्ता दिनको फरकमा विभिन्न पार्टी परित्याग गरि काङ्ग्रेसमा प्रवेश गर्नेको संख्या बढ्दो क्रममा छ ।

नगरमा नगरप्रमुख ढकाल र क्षेत्रमा स्वास्थ्य सम्बन्धि सेवा दिदै जनताको कार्यमा प्रत्यक्ष सेवा दिएका डा. सुनिल शर्माको कारण पनि नगरवासीहरु अहिले काङ्ग्रेस तर्फ आकर्षित बन्दै गएका छन ।

नेकपाले आमजनता माझ धेरै आस देखाएको तर झुटको खेति गरिरहेको र हाल केन्द्रमा देखिएको कुर्सीमोहले आम जनता झनै स्पष्ट भएको भन्दै काङ्ग्रेसमा प्रबेश गरेका हुन । “हामि गलत बाटोमा रैछौ अब सहि बाटोमा आयौ” आमजनताको पार्टी भनेको काङ्ग्रेस नै हो नब प्रबेसि सबिना भण्डारीले भनिन ।

सुन्दरहरैचा नगरपालिका वडा नं १२ का वडा सह सभापति राजेन्द्र दाहालको अध्यक्षतामा महासमिति सदस्य वसन्त भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मोरङ क्षेत्र नं ३ का प्रतिनिधि सभाका सांसद उम्मेदवारी सुनिल शर्मा, प्रदेश सांसदका प्रत्यासी उम्मेदवार ललित श्रेष्ठ, नेपाली काङ्ग्रेस मोरङ जिल्ला सदस्य राजेन्द्र ढकालको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाको वडा नं ११ र १२ बाट १०० जना भन्दा बढी व्यक्तीहरु काङ्ग्रेसमा प्रवेश गरेका हुन ।