सुन्दरहरैचा उधोग वाणिज्य संघको चुनाव अन्यौलमा

सुन्दरहरैचा । सुन्दरहरैचा उधोग वाणिज्य संघको चुनाव अन्यौलमा परेको छ । केही महिना अघि देखि चुनाव हुने भनेर प्रचार बाजि भएता पनि संघको चुनाव अब कहिले हुने भन्ने नै अन्यौलमा परेको हो । संघले निर्वाचन मिति धेरै चोटि सार्दै मंसिर १५ गतेलाई तोकेको थियो । तर मंसिर १५ गते समेत निर्वाचन हुन सकेन ।

निर्वाचन हुन नसकेको जानकारी संघले अहिले सम्म पनि सार्वजनिक गरेको छैन । गुपचुप मै अहिले संघको निर्वाचन मिति लुकाइएको छ ।

यता संघका अध्यक्ष नवराज चापागाईले संघमा सहमतिकै आधारमा संघको नया कार्य समिती निर्माण गर्ने सहमती भएकोले तत्काल अहिले चुनावी मिति तय नगरिएको बताए । उनले धेरै पटक चुनावी मिति तोकिदै सार्दै गएको हुनाले अब एकै चोटि सहमतिको आधारमा संघको नया कार्य समिती निर्माण गर्ने बताए ।

संघमा अहिले दुई ठुला राजनितिक दल नेकपा र नेपाली काङ्ग्रेसको प्रभाव रहेता पनि आगामी निर्वाचनमा राजनितिक दल भन्दा शुद्द व्यापारिहरुले संघको नेतृत्वमा दाबी गर्ने देखिन्छ । जसले गर्दा शुद्धिकरण नाम दिएर कृष्ण रिजाल अध्यक्ष पदका उम्मेदवारी बनेका छन । उनले सबै पदमा विभिन्न व्यक्तीहरुको नाम सार्वजनिक गरेर व्यापारिहरु सग भोट समेत मागी रहेका छन ।

संघले नया कार्य समिति चयनको लागि सहमती खोज्ने भन्दै सहमती जुटाउन उधोग पति भोलेश्वर दुलालको नेतृत्वमा समिती निर्माण समेत गरेको छ । उक्त बनेको समितिले धेरै पटक सहमतिमा ल्याउन गृहकार्य गरे पनि संघले नया कार्य समिती चयन गर्न सकेको छैन ।

संघमा राजनितिक हाबी भएकै कारण सहमती हुन नसकेको स्रोतले बताएको छ । नेकपाले कृष्ण रिजाल समुहको टिमलाई स्विकार्न सकेको छैन । यता केही व्यापारीहरुले संघमा शुद्द व्यापारीले नेतृत्व गर्नु पर्ने बताएका छन । उनिहरुले संघमा जो व्यक्ती आए पनि व्यापारिको हितमा काम गर्ने व्यक्ती आउनु पर्ने बताएका छन ।

नेपाली काङ्ग्रेस भने संघको निर्वाचनमा मौन बसेको छ । काङ्ग्रेसले संघमा शुद्द व्यापारी आउनु पर्ने भन्दै जो व्यक्ती आए पनि शुद्द व्यापारीलाई समर्थन गर्ने स्रोतको दाबी छ ।