सरकार विरुद्ध पथरीमा २० मिनेट राजमार्ग अवरुद्ध

पथरी । नेपाली काङग्रेसका नेता रामचन्द्र पौडेललाई पक्राउ गरेको विषयलाई लिएर मोरङको पथरीशनिश्चरेमा विरोध र्याली निस्किएको छ । साँझ ६ बजे निस्किएको र्यालीले पथरीबजार परिक्रमा गरि कोणसभा गरेको छ ।

कोण सभालाई संबोधन गर्दै जिपि कोइराला अध्ययन केन्द्र मोरङका अध्यक्ष सुविन पराजुलीले बर्तमान सरकारले दुईतिहाईको दम्भ देखाउदै नेपाली काङग्रेसका नेताहरुलाई विभिन्न बहानामा दमन गर्दै लोकतन्त्र र गणतन्त्रको उपेक्षा गरेको बताए ।

तनहुँमा पुल उद्घाटनका लागि पुग्नुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको थियो । उक्त विषयलाई लिएर देशका धेरै स्थानमा विरोध भएको छ ।

नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ र नेपाली काङग्रेसका युवाहरुले निकालेको र्यालीले गृह मन्त्रि रामबहादुर थापा बादलको राजिनामा माग गरेका छन । र्यालीमा दुईतिहाईको दम्भ बन्द गर, नालायक प्रसासन मुर्दाबाद, नेता पौड्ेललाई ससम्मान रिहाई गर, भष्ट्रचारी सरकार मुर्दाबाद, अत्याचारी सरकार चाहिदैन जस्ता नारा लगाएर २० मिनेट महेन्द्र राजमार्ग अवरुद्ध गरेका थिए ।