बेलबारीमा १५ शैयाको अस्पताल शिलन्यास

बेलबारी । मोरङको बेलबारीमा बन्ने १५ शैयाको अस्पतालको शिलन्यास भएको छ । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने संघिय सरकारको उद्देश्य अनुसार बेलबारीमा १५ शैयाको अस्पताल बन्ने भएको हो । बेलबारी ४ बुधबारेमा बन्ने अस्पतालको सोमबार एक कार्यक्रमका बिच नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले शिलन्यास गरे ।

कार्यक्रममा नगरप्रमुख सुवेदीले १८ करोड लागतमा बन्ने अस्पताल २ बर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको बताए । डिपिआर बन्ने काम भइरहेको र चाँडै टेन्डर प्रक्रिया मार्फत अस्पतालको भवन बन्ने उनले बताए । कोरोना संक्रमणलाई मध्यनजर गर्दै ५ शैयाको अस्पताल पनि बेलबारी स्वास्थ्य चौकीमा चाँडै सन्चालनमा आउने पनि मेयर सुवेदीले बताए ।

उपमेयर ढाका कुमारी पराजुलीले अस्पताल निर्माण पश्चात संपुर्ण नगरबासी लाभान्वीत हुने बताइन । कार्यक्रममा बोल्दै नं ४ का वडाध्यक्ष राम कुमार राईले संघिय सरकारले अस्पताललाई स्थानीय तहको जिम्मा लगाइसकेपछि सुविधासम्पन्न बनाएर नमुना अस्पताल बनाउने प्रतिबद्धता जनाए ।

देशभर ७ सय ५३ पालिकामध्ये ६ सय ४९ पालिकामा अस्पताल छैनन् । तीमध्ये पहिलो चरणमा सोमबार ३ सय ९६ पालिकामा अस्पतालको भवन शिलान्यास भएका छन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ ।