सुन्दरहरैचामा ५० शैयाको अस्पताल बन्ने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा ५० शैयाको सरुवा रोगको अस्पताल बन्ने भएको छ । संघिय सरकारले सबै स्थानिय तहमा एक अस्पताल निर्माण गर्ने घोषणा गरे सगै देशभरका सबै स्थानीय तहमा अस्पतालको भवन निर्माणको शिलन्यास गरिएको छ ।

देश भर अस्पताल निर्माणको लागि भवन निर्माणको शिलन्यास भईरहदा सुन्दरहरैचा नगरपालिकामा भने अस्पतालको भवन निर्माणको लागि शिलन्यास हुन सकेन ।

केन्द्र सरकारले ५० शैयाको प्रदेश स्तरिय सरुवा रोगको अस्पताल निर्माण गर्न सातै प्रदेशको लागि रकम विनियोजन गरिसकेको छ । जसका लागि सुन्दरहरैचा नगरपालिका क्षेत्रको लागि ८ करोड रकम विनियोजन भएको छ । तर प्रदेश सरकारले उक्त भवन निर्माण गर्न आवश्यक तयारी पूरा नगर्दा र स्थानिय तह सग समन्वय नगर्दा आज देश भर अन्य पालिकामा भवन शिलन्यास हुदा सुन्दरहरैचा नगरपालिकामा शिलन्यास हुन नसकेको नगरप्रमुख शिव प्रसाद ढकालले बताए ।

केन्द्र सरकारको प्रदेश स्तरिय योजना नै नगरमा आज शिलन्यास नभएपछी स्वास्थ्य मन्त्रालय स्वयम् आफैले प्रदेश सरकारसग चासो राखेको नगरप्रमुुुख ढकालले बताए ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालको तत्परता र नगरप्रमुख शिव प्रसाद ढकालको सकृयता सगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्धस्वामित्वमा रहेको  सुवर्ण फर्मासिटिकल औषधि कारखानामा उक्त ५० शैयाको सरुवा रोगको अस्पताल खोलिने नगरप्रमुख ढकालले बताए ।