सुन्दरहरैचामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुन्दरहरैचा । मोरङ सुन्दर हरैचा-७ बस्ने ४० बर्षीय बिजेस लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका स्थित पुर्व पश्चिम लोकमार्गको सलकपुरमा बस र मोटरसाइकल ठक्कर हुदा बिजेसको मृत्यु भएको हो ।

आज विहान  ८ बजे सुन्दरहरैचा-८ सलकपुर स्थित राजमार्गमा प्रदेश नं. १-०१-००१ ख ३४१० नम्बरको बसले को २१ प ५९९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक बिजेस लिम्बु गम्भिर घाईते भएका थिए । 

घाईते लिम्बुको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने बस र चालक झापा कन्काई-१ का २९ बर्षीय बाबुलाल उराव नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको  छ ।