सुन्दरहरैचामा सवारी दुर्घटना: स्कुटर चालकको मृत्यु

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका ९ चादनी पेट्रोल पम्प अगाडि ट्र्याक्टर र स्कुटर एक आपसमा ठक्कर हुदा एक जनाको मृत्यु भएको छ ।

पुर्व पश्चिम लोकमार्ग स्थित पुर्वबाट पश्चिम तर्फ आउदै गरेको को ३८ प १६६५ नं को स्कुटर र विपरीत दिशा तर्फ जाँदै गरेको को २ त ३१९६ नं को ट्याक्टर एक आपसमा ठक्कर हुदा स्कुटर चालक मकेश्वर चौधरी घाइते भएका थिए ।

सुन्दरहरैचा नगरपालिका वडा नं ३ बस्ने वर्ष ४२ का चौधरी घाइते भई उपचारको लागि विराटनगर स्थित न्युरो अस्पताल लगिएको थियो । चौधरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।