सुनवर्षीबाट गाई मार्ने भुपेन्द्र राई पक्राउ

सुनवर्षी । मोरङको सुनवर्षी नगरपालिकाबाट गाई मारेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनवर्षी २ सुघाटोल बस्ने बर्ष ३० गजेन्द्र राई रहेका छन ।

राईले घरायसी विवादहुदा आफ्नै दाजु गजेन्द्र राईको १८ महिनाको गाईलाई हतौडाले हानेका थिए । प्रहरीको भनाई अनुसार रिसको आवेगमा राईले हतौडाले हानेर गाईको हत्या गरेका थिए ।

प्रहरीको अनुसार राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ ।