सुन्दरहरैचामा आइतबार देखि सबै विधालय खुल्दै

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका क्षेत्रको सार्वजनिक र संस्थागत विद्यालयहरु आइतबार देखि खुल्ने भएको छ ।

सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेपछि आइतबार देखि खुल्ने भएको हो । नगरपालिका शिक्षा शाखाले गत सोमबार सार्वजनिक र संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुको भेला गराई विद्यालय सञ्चालन सम्बन्धी छलफल गरको थियो ।

विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७ अन्तरगत रहेको विकल्पहरु मध्ये आफ्नो विद्यार्थीको संङ्ख्या र उपलब्ध भौतिक पूर्वाधार व्यवस्थापनमा सहज हुने गरी विकल्प रोजेर सञ्चालन गर्न शिक्षा शाखाले निर्देशन गरेको शिक्षा शाखा प्रमुख लिला देवी ओझाले बताइन ।

शिक्षा शाखा प्रमुख ओझाको अनुसार माध्यामिक तह भएका विधालयले पहिलो चरण (हप्ता दिन) कक्षा ६ देखि १२ सम्म र दोश्रो चरणमा कक्षा ६ देखि तलको कक्षालाई अध्यापन गराउनुपर्ने छ । साथै विधालयले विधार्थीको संख्या हेरेर एउटा ब्रेन्चमा एक जना विधार्थी र बढिमा दुई जना विधार्थेव राखेर मात्र अध्यापन गराउनु पर्ने छ ।