स्वास्थ्यमन्त्री ढकालमा पाहुनाको मोह: विपि प्रतिष्ठानमा आफन्त नियुक्ती

बेलबारी । मोरङ क्षेत्र नं ३ बाट निर्वाचित सांसद तथा हालका स्वास्थ्यमन्त्री भानुभक्त ढकालमा पाहुना प्रतिको मोह देखिन थालेको छ । देशमा स्वास्थ्य क्षेत्रमा देखिएको संक्रमणकालिन अवस्थामा केही महिना अघि न्युज २४ टेलिभिजनमा “घरमा पाहुना आएका छन” भन्ने अभिव्यक्तीबाट विवादमा आएका मन्त्री ढकालले उक्त अभिव्यक्ति दिए देखि त्यति धेरै सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिएका छैनन ।

विपि प्रतिष्ठान धरानमा मन्त्री ढकालले हाल सालै विभिन्न पदमा आफन्तहरुलाई नै नियुक्ति गरेपछि उनमा फेरि पाहुना प्रतिको मोह देखिन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका भतिज र ज्वाइँ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नियुक्त भएका छन् । वीपी प्रतिष्ठान धरानमा ढकालका भतिज अमृत ढकाल र ज्वाइँ सुमन पन्त अधिकृतसरहको पदमा नियुक्ति भएका हुन् ।

मन्त्री ढकालको दवावमा भतिज र ज्वाइँलाई उपकुलपति गिरीले नियुक्त गरेका हुन् । त्यस्तै वीपी प्रतिष्ठानमा स्वास्थ्यमन्त्री ढकालका स्वकीय सचिव भुवन खतिवडाका दाजुले पनि नियुक्ति पाएका छन् ।

ढकालका स्वीकय सचिव भुवन खतिवडाका दाजु चिरञ्जीवी खतिवडाले कानुनी सल्लाहकारको रुपमा जिम्मेवारी पाएका हुन् । ढकाल मोरङ क्षेत्र नं ३ बाट निर्वाचित भएर हाल स्वास्थ्यमन्त्री भएका हुन ।

उनले नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई हराएका थिए ।




Leave a Reply

Your email address will not be published.