नापी कार्यालय बेलबारीमा पार्किङ शुल्कको लफडा

बेलबारी । बेलबारी नगरपालिकाले नापी कार्यालय अगाडी रहेको सडकमा पार्किङ शुल्क उठाइदैं आएको छ । जग्गा सम्बन्धी सेवा प्रदान गर्ने यस कार्यालयमा दैनिक हजारौं सेवाग्राही सेवा लिन आउने गरेका छन् ।

धेरै जनाको भिड हुने यो कार्यालयमा सेवा लिन आउने सेवाग्राहिले पार्किङ्ग गरेका सवारी साधनबाट टोल सुधार समितिको नामबाट पैसा असुल गरिन्छ । मालपोत टोल विकास सस्था र विजुली अफिस टोल विकास सस्थाले सयुक्त रुपमा पार्किङ शूल्क उठाउदै आएको हो ।

उक्त संस्थाले मोटरसाइकलको २०, कार र जिपको ३० रुपैया शूल्क उठाउदै आएको छ । तर नापी कार्यालयले भने कुनै पार्किङ शूल्क नउठाएको बताएको छ ।

नगरपालिकाको मातहतमा टोल विकासका नाममा टोल विकास सस्थालाई पार्किङ शुल्क उठाउन नगरपालिकाले दिएको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले बताए ।

उक्त सस्थाले नापी कार्यालय कै कर्मचारीहरुलाई समेत केही दिन सम्म पार्किङ शुल्क लिएको तर पछि लिन छोडेको एक नापी कार्यालयको कर्मचारीले बताए ।

शुल्क उठाउदैं आएका एक युवालाई हामीले सोध्दा उनले आफुलाई नगरपालिकाले उठाउन लगाएको बताए ।

पार्किङ शुल्कले नजिकै रहेका व्यवसायमा समेत असर पुगेको व्यापारीहरु बताउछन । तर शाहले नगरपालिकाले नापी कार्यालय अगाडिको जग्गालाई सदुपयोग गरेर सवारी साधनको व्यवस्थापनको लागि पार्किङ क्षेत्र बनाई पार्किङ शुल्क लिएको बताए ।

शाहले एकै ठाउमा मालपोत कार्यालय र नापी कार्यलय हुदा सडकमा सवारीसाधनको जाम हुने जथाभावी पार्किङ गर्ने समस्या छ जसले गर्दा सडक नै साघुरो भएको छ सो कारणले पनि पार्किङ क्षेत्र बनाएर पार्किङ शुल्क उठाउने गरेको बताए ।

उनले टोल समितिलाई सबै जिम्मा दिए पनि उक्त उठेको रकम नगरपालिकाकै राजश्वमा जम्मा हुने बताए । शाहले नगरपालिकाले आफ्नो क्षेत्राधिकार भित्र रहेर कानुन अनुसार नै उक्त क्षेत्रमा पार्किङ शुल्क उठाउने निर्णय गरेको बताएका छन ।