सुन्दरहरैचामा मोटरसाईकल र अटो दुर्घटना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका ७ बेलगाछिमा सवारी दुर्घटना भएको छ । पुर्वबाट पश्चिम तर्फ आउदै गरेको को ३० प ४९९५ नं को मोटरसाइकल र दक्षिणबाट उतर आउदै गरेको को २ ह ६०५८ नं को अटो ठक्कर हुदा तीन जना घाइते भएका छन ।

दक्षिणबाट उतर आई बाटो क्रश गर्ने क्रममा मोटरसाइकल र अटो एक आपसमा ठक्कर खाएको प्रत्यक्ष दर्शीले बताएका छन ।

घाइते हुनेमा टेम्पो चालक सुन्दरहरैचा नगरपालिका २ बस्ने बर्ष २८ को पृतम राई मोटरसाइकल चालक बेलबारी नगरपलिका ६ बस्ने बर्ष २९ को सुसान्त श्रेष्ठ र मोटरसाइकलमा पछाडी बस्ने बर्ष २६ को डम्बर श्रेष्ठ घाईते भएको प्रहरीले जनाएको छ ।

घाइते तिनै जनालाई उपचारको लागी इटहरी स्थित एपेक्स अस्पताल पठाएको प्रहरीले जानकारी दिएको छ ।