विर्तामोड नगरपालिकामा ५ जनामा कोरोना

विर्तामोड । विर्तामोड नगरपालिकामा थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक बिकास मन्त्रालयका अनुसार सोमबार विर्तामोडमा ५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो । कोरोना पोजेटिभ देखिनेमा १ महिला र ४ पुरुष रहेका छन ।

त्यस्तै झापा जिल्लामा सोमबार ९३ जनामा व्यक्तीमा कोरोना पोजेटिभ देखिएको छ । प्रदेश १ सामाजिक बिकास मन्त्रालयका अनुसार झापा जिल्लाको विर्तामोड नगरपालिकामा ५ जनामा, शिवसताक्षी २ जनामा, कनकाई नगरपालिकामा ८ जनामा, अर्जुनधारा नगरपालिकामा ४ जनामा, मेचीनगर नगरपालिकामा ९ जनामा, झापामा २ जनामा, दमक नगरपालिकामा ४९ जना व्यक्तीमा कोरोना पोजेटिभ देखिएको हो ।

त्यस्तै कमल गाउपालिकामा २ जनामा, भद्रपुर नगरपालिकामा ६ जनामा, कचनकवल गाउपालिकामा २ जनामा, हल्दिवेरए गाउपालिकामा २ जना वुद्दशान्ती गाउपालिकामा १ जना र झापा जिल्ला खुलेको तर स्थानिय त्यहाँ नखुलेको १ जना व्यक्ती गरी झापा जिल्लामा ९३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।