बेलबारीमा भएको दुर्घटनामा एक जनाको मृत्यु

बेलबारी । मोरङ बेलबारी-७ बस्ने ३७ बर्षीय नविन पौडेलको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।

हिजो साँझ साढे ५ बजे बेलबारी-४ स्थित राजमार्गमा बिपरित दिशाबाट आएका १-०२-०४२प ४२१६ नम्बरको मोटरसाईकल र को ३९ प ३८०१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदा को ३९ प ३८०१ नम्बरको मोटरसाईकल चालक नविन पौडेल गम्भिर घाईते भएका थिए ।

गम्भिर घाईते भएका पौडेलको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।