सुन्दरहरैचाको सार्वजनिक शौचालयको अमेरिकी सस्थाद्वारा अवलोकन

सुन्दरहरैचा । विश्व शौचालय दिवसको अवसर पारी सुन्दरहरैचा नगरपालिकामा निर्माण भएको नमुना सार्वजनिक शौचालयको अमेरीकि एक सस्थाले अवलोकन गरेको छ ।

बिहिवार जुम एपको माध्यम भर्चुअल कार्यक्रमबाट अमेरिकी गैह्र सरकारी सस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन नामक एक सस्थाले उक्त नमुना सार्वजनिक शौचालयको अवलोकन गरेको हो । कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल र नमुना सार्वजनिक शौचालयका संयोजक भोलेश्वर दुलालले उक्त शौचालय बारे सस्थालाई जानकारी गराएका थिए ।

उक्त सस्थाले विश्व शौचालय दिवसको अवसर पारेर बर्सेनि विश्वका हरेक सार्वजनिक शौचालयको अवलोकन गर्दै आएको छ । अवलोकन पश्चात उक्त सस्थाले विश्वका हरेक सार्वजनिक शौचालयको स्तरोन्नतिको लागि अन्तरास्ट्रिय स्तरबाट बजेट विनियोजन गर्ने गर्दछ ।

उक्त भर्चुअल कार्यक्रमबाट देशकै नमुना सार्वजनिक शौचालयको स्तरोन्नतीको लागि विदेशी संघ सस्थाले समेत सहकार्य गर्न खोज्नु नगरको लागि अत्यन्तै लाभदायिक विषय रहेको नगरप्रमुख ढकालले बताएका थिए । ढकालले उक्त शौचालयको स्तरोन्नतीको लागि देश तथा विदेशी संघ सस्थालाई शौचालयको अवलोकन गरि सहयोग गर्न समेत आग्रह गरे ।

नगरमा पुर्वपश्चिम लोकमार्गमा ६ वटा र बाकी नगरका भित्री शहरहरुमा २ वटा गरि नगरमा ८ वटा नमुना सार्वजनिक शौचालयको निर्माण गरिएको सार्वजनिक शौचालय महाअभियानका संयोजक उधोगपती भोलेश्वर दुलालले उक्त सस्थालाई जानकारी गराएका थिए ।

उक्त शौचालयबाट वायोग्यास उत्पादन गर्ने योजना देखि शौचालयमा विभिन्न व्यापारिक भवनहरु, सेमुनार हाल, स्मोकिङ जोन, महिला/पुरुष अलग अलग शौचालय, अपांगता मैत्री जस्ता अन्तरास्ट्रिय स्तरको देशकै नमुना सार्वजनिक रहेको उद्घोष गर्दै दुलालले उक्त अमेरिकी सस्थालाई जानकारी गराएका थिए ।

उक्त कार्यक्रम पुर्व मन्त्री गणेश शाह र विकास अनुसन्धान परिषदका निर्देशक नवराज खतिवडाको पहलमा भएको थियो । नेपालमा निर्माण गरिएको विभिन्न स्थानका सार्वजनिक शौचालय मध्ये सुन्दरहरैचामा निर्माण भएको उक्त सार्वजनिक शौचालयलाई प्राथमिकतामा राखेर उक्त अमेरिकी सस्थाले आज अवलोकन गरेको हो ।