सुन्दरहरैचामा मोटरसाईकल दुर्घटना हुदा एक जना घाइते

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका ७ स्थित पुर्वपश्चिम लोकमार्गमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्री घाइते भएका छन ।

घाइते हुनेमा संखुवासभा घर भएका बर्ष ५३ को टेक बहादुर कार्की रहेका छन । गोठगाउ स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्व बाट पश्चिम आउदै गरेको को ३५ प ११८५ नं. को मोटरसाइकलले पैदलयात्री कार्कीलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका कार्कीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । कार्कीलाई उपचारको लागि विराटनगर स्थित बिराट नरसिह होममा पठाइएको प्रहरीले जनाएको छ ।