उर्लाबारीको मंगलबारे अस्पतालमा मानवता बिरोधी कार्य

उर्लावारी । मोरङको उर्लावारी स्थित मंगलवारेमा रहेको मंगलवारे अस्पतालमा मानव अधिकार विरोधी कार्य भएको छ । इलाका प्रहरी कार्यालय पथरीले विरामी अवस्थामा बेबारीसे फेला परेका एक पुरुष व्याक्तिलाई उद्धार गरि उपचारका लागि अस्पताल ल्याएको थियो ।

अस्पतालले उनको उपचारनै नगरी दिनभरी घाममा सुकाएर राखेको पाइएको छ । प्रहरीले पथरीमा विरामी अवस्थामा बेबारिसे फेला परेका ति व्यात्तिलाई उपचारका लागि मंगलवारे अस्पतालमा भर्ना गर्न लगेको थियो ।

बुधवार विहान ६ वजे उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको भएता पनि अस्पतालले प्रहरी बाहिरिने वितिकै आस्पतालको प्राङगणमा निकालेर राखेको भेटिएको हो । हुन त सरकारी अस्पतालमा बेवारीसे विरामीहरुको निशुल्क उपचार हुन पर्ने हो ।

तर अस्पतालले नै पहिचान खुल्न नसेकेका विरामीहरुको उपचारमा लापरवाही गर्दा अकालमै उनिहरुको ज्यान जाने खतरा बढेर गएको छ । हामीले मध्यायन्न दिउसो अस्पताल परिसरमा विरामी छटपटाइ रहेको खवर प्राप्त गरेपछि सो बारे वुझन त्याहा पुग्दा विरामीलाई एउटा बेडमा राखेर घाममा राखेको पायौ ।

उनि त्यती बेला पनि बेहोसी अवस्थामै बेड माथी छटपटाइ रहेका थिए । जव हाम्रो क्यामेराले त्यो दृष्य कैद गर्‍यो अनि मात्र उनलाई अस्पतालको आक्समीक उपचार कक्ष तिर अगाडी बढाइयो । विहान देखी मध्य दिउसो सम्म अस्पतालको प्राङगणमा अर्धचेत अवस्थामा छटपटाइ रहेको ति विरामीको दृष्य क्यामेरामा कैद भएपछि मात्र उनको उपचार प्रक्रिया सुरु भयो अनि साझ पख होस आउदा पहिचान खुल्यो ।

उनि मोरङको सुनवर्षी नगरपालिका-३ का अर्जुन चमार रहेको र वडा अध्यक्ष प्रताप तामाङको सहयोगमा परिवारको समपर्कमा आएपछि उनको उद्धार गरिएको छ ।

नेपाल सरकारले बेवारिसे अवस्थामा भेटिएका विरामी अथवा पहिचान खुल्न नसकेका विरामी हरुलाई सरकार मतहत संचालित भएका अस्पताल हरुमा निशुल्क उपचारको व्यावस्था गरेको छ । तर मंगलवारे अस्पतालमा भने उनिहरुको उपचार पाउने अधिकार र वाच्न पाउने अधिकार नै खोस्ने प्रयास गरेको पाइएको हो ।

हामीले विरामीको उपचारमा किन लार्पवाही भनेर अस्पतालका प्रमुख डा योगेश मण्डललाई प्रश्न गर्दा डा. भन्छन्- “उनिहरुको उपचार गर्न अस्पताल सग कुनै फण्ड नै छैन”। डा. अगाडी भन्छन् प्रहरीले बेबारीसे अवस्थाका विरामीहरु ल्याएर छोडीदिन्छ हामीसग म्यानपावर पनि कम छ त्यसैले उनिहरुको उपचारमा समस्या आउने गरेको हो ।

यता प्रहरीले भने आफ्नो कर्तव्य अनुसारको कार्य गरेको र उपचारको जिम्मा अस्पताल नै लिनु पर्ने डिएस्पी दिलिप कुमार गिरीले बताए ।

प्रदेश १ सरकार मातहत मदन भण्डारी अस्पताल तथा ट्मा सेन्टरको नाममा संचालनको तयारीमा रहेको अस्पतालमा यो मानवता विरोधि कार्य भएको पहिलो घटना हो ।