उर्लाबारीबाट ब्राउन सुगर सहित ९ जना पक्राउ

उर्लाबारी । उर्लाबारीबाट ब्राउन सुगर र गाजा सहित ९ जनालाई प्रहरीले पक्राउ गरेक्क छ । मंगलबार उर्लाबारी नगरपालिका वडा नं ७ बस्ने छोमाई तामाङ को घरबाट दमक र उर्लाबारीर रतुवामाई बस्ने ९ जना व्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लागू औषध ब्राउन सुगर र गाँजा विक्री बितरण तथा सेवन गरिरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी ७ स्कुलडाँडा बस्ने किरन तामाङको छोरी वर्ष २१ की ममता तामाङ, उर्लाबारी ७ बरगाछि बस्ने धन बहादुर याक्सोको छोरा वर्ष २४ को मिलन याक्सो, उर्लाबारी ९ भोटेपुल बस्ने हेम बहादुर चेम्जोङको छोरा वर्ष २८ को आकास लिम्वु, उर्लाबारी ७ बरगाछि टोल बस्ने सन्त लिम्बुको छोरा वर्ष १९ को असिम लिम्बुलाई पक्राउ गरेको हो ।

त्यस्तै दमक ७ बजार लाईन बस्ने बसिर सेखको छोरा वर्ष १९ को ससिन सेख, दमक ४ सिर्जना टोल बस्ने गंगा बहादुर सुनुवारको छोरा वर्ष ३० को सुमन सुनुवार, रतुवामाई ८ ईटहरा वस्ने चन्द्र लिम्बुको छोरा वर्ष २२ को रुमपमान केदेम (लिम्वु), रतुवामाई १० सातमेडि बस्ने सिता मगरको छोरा वर्ष १९ को एन्जील मगर, रतुवामाई ९ ईटहरा बस्ने चन्द्र बहादुर बस्नेतको छोरा वर्ष २५ को मन्जील बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनिहरुको साथबाट ब्राउन सुगर ४ ग्राम ७२७ मिलि ग्राम , गाजाँ १८४ ग्राम २३० मिलि ग्राम सहित
को २६ प १८५६ , प्र-१-०१-०१२ प ६३१३ , को ३४ प २६७ , बा ५३ प १४२४ , मे २ प ५७७० नम्बरको मोटरसाइकल बरामद गरेको हो ।