लेटाङबाट ७ जना जुवाडे पक्राउ

लेटाङ । लेटाङ नगरपालिकाबाट जुवा खेल्ने ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । लेटाङ नगरपालिका वडा नं ९ जातेमा सोएता मगरको घरमा जुवा खेलीरहेका ७ जना मानिसलाई मंगलबार राती २ बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोप्य सुचनाको आधारमा लेटाङ प्रहरीका प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले मगरको घरबाट जुवा खेलिरहेको अवस्थामा १ लाख ८८ हजार भन्दा बढी रकम सहित ७ जना जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका वडा नं ९ जाँते बस्ने बर्ष-ल ४५ को ददिराम पौडेल, बर्ष २५ को निर्मल मगर, बर्ष ३१ को रन्जित गजमेर, बर्ष ५२ को नरध्वज खड्का, बर्ष ३२ को चन्द्र बहादुर गौतम, बर्ष २९ को सिरि कुमार पुलामी मगर, जिल्ला तेह्थुम मेन्सायोङ गाउँपालिका वडा नं.-३ बस्ने यम कुमार शेर्पा रहेका छन ।

उनिहरुको साथबाट नेपाली नगद रु, १,८८,७४५ ।-(एक लाख अठासी हजार सात सय पैतालिस), कौडा १ सेट , तास ६ बुक , मोवाईल १६ थान सामान प्रहरीले बरामद गरेको छ ।




Leave a Reply

Your email address will not be published.