ग्रामथानमा १६ वर्षिय युवती बेपता

ग्रामथान । ग्रामथान गाउँपालिका -७ धोबियारे गैरीटोलका १६ बर्षका मनिषा खवास घरबाट बेपता भएकी छिन । शुक्रबार बिहान ५:०० बजे घरबाट निसिकिएपछी हाल सम्म बेपता रहेको आमा सरिता खवासले बताएकी छिन । उनको खोजि कार्य जारी रहे पनि हाल सम्म बेपता रहेकी छिन । जहाँ भएपनी घर फर्किन परिवारले आग्रह गरेका छन ।

बिहिबार बेलुका बुवा छुतरु खवासले छोरी मनिषालाई समान्य घरायसी कुरामा बिबाद हुदाँ घरबाट निस्किएको परिवार श्रोतले जनाएको छ। उनी गणेश माध्यमिक बिधालयमा कक्षा -९ मा पढ्छिन।

उनलाई भेटेमा नजिकको प्रहरी कार्यालय तथा मोबाइल नं. ९८२५३२८२८५ मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेका छन।