मोरङबाट पटका पड्काउने १९ जना पक्राउ

सुन्दरहरैचा । मोरङमा पटका तथा अतिसवाजी पड्काउने १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले विभिन्न ठाउमा चाडपर्वलाई लक्षित गरि पटका अथवा अतिसवाजी पड्काउने १९ जनालाई पक्राउ गरेको हो ।

नागरिकको जिउधनको सुरक्षार्थ पटका विक्रीवितरण, ओसारपसार एवम पडकाउने कार्य निरूत्साहित गर्न जिल्ला प्रहरी कार्यालय मोरङबाट आम नागरिकमा सूचना जारी गरी प्रहरी परिचालन गरिएको भएता पनि उक्त प्रहरीको निर्णय उल्लंघन गरि पटका तथा अतिसवाजी पड्काउने १९ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ जिल्लाका बिभिन्न क्षेत्रहरूमा पटका, आतिसबाजी लगायत पटकाजन्य पदार्थ पड्काई समाजमा शान्ति सुरक्षामा खलल पुर्‍याउने १९ जना मानिसहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात आफन्तको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।