बेलबारी जेसिजको आयोजनामा हस्पिटालिटि तथा होटल मेनेजमेन्ट तालिम सम्पन्न

कार्तिक २९ । बेलबारी जेसिजले १ हप्ते हस्पिटालिटि तथा होटल मेनेजमेन्ट तालिम सम्पन्न गरेको छ । गत आइतबारबाट सुरु भएको तालिमको शनिबार समापन भएको हो ।
सुन्दरहरैचा १० मा अवस्थित गोल्डेन क्राउन स्कुल अफ होटल मेनेजमेन्टको सभाहलमा सम्पन्न भएको तालिममा बेलबारी ८ को सहयोग रहेको थियो । समिर थापाले सहजिकरण गर्ने तालिममा बेलबारी ८ का १५ टोल बिकास संस्थाबाट १५ जनाले सहभागिता जनाएका छन ।


समापन कार्यक्रममा तालिममा सहभागि सबैलाई प्रमाणपत्र र उत्कृष्ठ भएका पुर्ण राजबशीलाई पनि प्रमाणपत्र प्रदान गरिएको बेलबारी जेसिज बर्ष २०१९ अध्यक्ष जेसी दिपेन्द्र खुलालले जानकारी दिए ।
नेपाल जेसिजका निबर्तमान राषट्रीय अध्यक्ष जेसि सिनेटर महेश पौडेलकोे प्रमुख आतिथ्यतामा समापन गरिएको कार्यक्रमको सभापति बेलबारी जेसिज २०२० अध्यक्ष राजेश खत्री रहेका थिए ।