उधोग वाणिज्य संघ सुन्दरहरैचामा चुनावी सरगमी

सुन्दरहरैचा । आगामी मंसिर १५ गते हुने सुन्दरहरैचा उद्योग वाणिज्य सङ्घको निर्वाचनको लागि नेकपा र नेपाली काङ्ग्रेस समर्थित व्यवसायीहरू चुनावी मैदानमा उत्रिएका छन् ।

सङ्घको निर्वाचन प्रयोजनको लागि नेकपा पार्टीको समर्थनमा टीका कट्टेल र नेपाली काङ्ग्रेसको समर्थनमा कृष्ण रिजालको प्यालन चुनावी प्रतिष्पर्धामा उत्रिएको छ ।

यद्यपि नेकपाले भने टीका कट्टेलको नाम सार्वजनिक गरिसकेको छैन । तर व्यापारीले नेकपाबाट टीका कट्टेल नै उठ्ने जानकारी भएको बताएका छन ।

सहमतिको आधारमा नेतृत्व चयन गर्ने, नभएमा सङ्घको नेतृत्व हात पार्ने दाउमा दुवै समूह चुनावी रणनीतिमा लागेका हुन् । दुवै प्यानल मतदाताको मन जितेर आफ्नो पक्षमा मत लिनको लागि घरदैलो अभियानमा लागेका छन् । अघिल्लो निर्वाचनमा संघमा तत्कालिन नेकपा माओवादी र नेपाली काङ्ग्रेसको समर्थनमा नवराज चापागाई संघको अध्यक्षमा चुनिएका थिए ।

यस पटकको निर्वाचनमा नेकपाको सिङ्गो पार्टी कट्टेल प्यालनलाई विजयी गराउन खट्ने र रिजाल प्यालनलाई जिताउनको लागि नेपाली काङ्ग्रेस सिङ्गो पार्टी नै लाग्ने देखिएको छ । रिजालले आफ्नो टिममा भने सुद्दिकरण समूह बनाएर नेकपा समर्थित केही व्यक्ती समेत समेटिएकोले उवासङ्घ सुन्दरहरैचाको यसपटकको निर्वाचनलाई महत्वपुर्ण रुपमा व्यापारिक प्रतिष्ठाको विषय बनाएपछि व्यवसायीहरूको चुनावका कारण सुन्दरहरैचामा छुट्टै तरङ्ग पैदा भएको छ ।

चुनावमा नेपाली काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का व्यवसायीले प्यानलगत उम्मेदवार तय गरेर प्रतिस्पर्धा गर्ने भएको हो ।

नेपाली काङ्ग्रेस निकट व्यवसायीहरूले शुक्रबार उम्मेदवारको नाम सार्वजनिक गरेको हो । केही व्यक्तीहरुले संघलाई राजनितिक प्रतिष्ठा हेरे पनि यसपटक संघमा रिजालको समुहमा नेपाली काङ्ग्रेस र नेकपाका मिश्रित व्यवसायीका तर्फबाट अध्यक्षमा कृष्ण रिजाललाई उम्मेदवार तय गरिएको छ । नेकपाका तर्फबाट टीका कट्टेललाई तय गरिएको छ ।

कट्टेल उद्योग वाणिज्य सङ्घको सदस्य पदमा रहेर काम गरिसकेका छन् भने रिजाल हालका वरिष्ठ उपाध्यक्ष हुन् । नेपाली काङ्ग्रेस निकट रिजालले आफ्नो समुहको सबै नाम सार्वजनिक गरिसकेको छ भने नेकपामा भने केही पदमा मिलाउन बाँकी रहेको जनाइएको छ । 

नेपाली काङ्ग्रेस समुहका अध्यक्षका उम्मेदवार कृष्ण रिजालले व्यवसायीहरूको हकहितमा काम गर्ने बताए । आफ्नो टिम व्यवसायीको पक्षमा लाग्ने बताए । रिजाल सँगै दलगत प्रतिस्पर्धाका आधारमा वरिष्ठ उपाध्यक्षमा दुर्गाकुमार श्रेष्ठ, उपाध्यक्षमा नगेन्द्र प्रसाद दाहाल, खिल बहादुर श्रेष्ठ, ज्ञानप्रसाद ढकाल, महासचिवमा नारायण श्रेष्ठ, सचिवमा रिता सापकोटा रहेका छन ।

त्यस्तै सदस्य पदमा भगवान शाह, शारदाप्रसाद ढकाल, उज्ज्वल थापा, गोविन्द अधिकारी, बालकृष्ण गिरि, दिलिप थापा, राजन योञ्जन, रञ्जु गुरागाई आचार्य, मनोज गुरागाई, विप्लब बस्नेत रहेका छन ।

त्यस्तै लेखा समिती सयोजकमा कृष्ण ओझा सदस्यमा गोपाल फुयाल र डम्बर कार्की उम्मेदवारी रहेका छन ।