सुन्दरहरैचामा स्वादिष्ट खाना तथा परिकारको लागि गुन्द्री होटल

सुन्दरहरैचा । सुन्दरहरैचामा सुविधा सम्पन्न ‘गुन्द्री होटल एण्ड फेमिली रेष्टुरेन्ट’ बिहिबारबाट सञ्चालनमा आएको छ ।

सुन्दरहरैचा नगरपालिका वडा नं ०९ स्थित पिएलओ मार्ग स्कोलर्स होम लाइन स्थित रहेको सो होटल एण्ड रेष्टुरेन्ट ग्राहक वर्गको स्वाद र रुचीलाई ध्यानमा राखेर सञ्चालनमा ल्याएको सञ्चालक राजन पाठकले बताए ।

सो होटलमा खाना तथा नास्ताका विभिन्न परिकारहरु : म :म, बर्गर, लस्सी, सफ्ट ड्रिंक , थकाली खाना, मटन चप, डामेको, लोकल आर्गनिक झिगे माछा सहित को आर्गनिक खाना लगायतका विभिन्न परिकारहरु पाउनुका साथै बारको पनि सुविधा लिन सकिने जनाईएको छ ।

ग्राहकहरुका लागि फ्रि वाईफाई , सेमिनार हलको सुविधा तथा होम डेलिभरीको व्यवस्था पनि गरिएको सञ्चालक पाठकले बताए ।

यस होटलमा आउने सम्पुर्ण ग्राहकहरुको लागि होटलले दिने सेवामा एक हप्ता सम्म १० प्रतिशत छुटको ब्यबस्था गरिएको छ ।