सुन्दरहरैचा उवा संघ: सदस्यमा दिलिप थापाको दाबी

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा उद्योग वाणिज्य संघ सुन्दरहरैचाको माहोलले तिव्र लिएको छ । निर्वाचन नजिकिदै गर्दा विभिन्न पदका लागि विभिन्न व्यक्तीहरुले आ-आफ्नो दाबी सहित आफ्नो मत माग्दै व्यापारीहरुको घर दैलोमा हिडिरहेका छन ।

संघको अध्यक्ष पदका लागि कृष्ण रिजाल र टीका कट्टेल दुई समुहमा विभाजन भएर मत मागिरहेका छन । रिजाल समुहलाई नेपाली काङ्ग्रेस साथै स्वतन्त्र व्यवसायीहरुले समर्थन गर्दै आएका छन भने कट्टेल समुहलाई नेकपाले समर्थन गर्दै आएको छ । यद्दवी कट्टेल भने नागरिक समाजका व्यक्ती हुन । आसन्न चुनावका लागि रिजालको समूह दुर्त गतिमा व्यापारीहरु सग आफ्नो मत माग्दै हिडिरहेका छन ।

नेकपाले संघको अध्यक्ष पदका लागि नेकपामा प्रभावशाली व्यक्ती नभएको कारणले नै फरक धारको अर्को समुहलाई समर्थन गरेको व्यापारीहरुले आरोप लाउन थालेका छन । नेकपाले संघको चुनावको लागि अध्यक्ष पदको दाबेदारी नभेटिरहेको अवस्थामा रिजाल समूह भने आफ्नो समूह नै बनाएर व्यापारी सग मत माग्दै हिडिरहेको छ ।

हाल सम्म रिजाल समुहमा वरिष्ठ उपाध्याक्ष, महासचिव र उपाध्यक्ष पद सहित केही सदस्यहरुको नामावली सार्वजनिक भईसकेको छ ।

अन्य बेला विभिन्न राजनितिक दलको समेत प्रभाव पर्ने संघमा यो बेला मिश्रित तरिकाबाट संघको निर्वाचनको लागि समुह खडा भएको छ । सक्षम र योग्य व्यक्ती रिजाल भएकै कारण पनि उनले नेपाली काङ्ग्रेस , नेकपा लगायत अन्य व्यक्तीहरुलाई समेत आफ्नो समुहमा समावेश गरेका छन ।

अध्यक्ष पदका उम्मेदवारी रिजालको समुहबाट सदस्य पदका उम्मेदवार दिलिप थापा यति खेर नगरका हरेक व्यापारीहरु सगको प्रत्यक्ष भेटघाटमा छन ।

चुनावी प्रचारप्रसारका लागि उनी यति खेर हरेक व्यापारीहरुको घरदैलोमा व्यस्त छन । सदस्य पदका उम्मेदवार थापाले संघमा सक्रिय व्यावसायिक व्यक्ती आउनु पर्ने बताएका छन । आफुले यस क्षेत्रमा लामो समय सक्रिय वव्यावसायिक व्यक्तिको समुहबाट सदस्य पदमा उम्मेदवारी दाबी गरेको बताउदै रिजालको समुहले जिते लामो समय संघलाई राजनितिक अखडा बनाउदै आएको एउटा समुहको अन्त्य हुने बताए ।

उनले रिजाल समुहले मात्र सुन्दरहरैचा नगरका व्यापारीहरुको समस्या हल गर्न सक्ने एक व्यक्ती रहेको बताउदै रिजालकै समूह नेतृत्व तहमा आउनु पर्ने बताए । थापा एक युवा व्यवसायी मात्र नभएर एक सामाजिक युवा अभियान्ता हुन । उनी सुन्दरहरैचा नगरपालिकामा रहेर लामो देखि सक्रिय व्यवसाय सहित सामाजिक क्षेत्रमा पनि सक्रिय छन ।

आरम्भ पोलिटेक्निक इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर प्रा.ली. सुन्दरहरैचामा सञ्चालनमा ल्याएर व्यवसायमा आबद्द रहेका उनी विभिन्न संघ सस्थाको समेत नेतृत्व लिएर उनले अनुभव हासिल गरिसकेका छन । आफू र आफ्नो समुह संघको नेतृत्वमा आए संघमा भईरहेको राजनितिक चलखेलको अन्त्य गरि व्यापारीहरुको हक हित र समस्या समाधानमा लागि पर्ने थापाले बताए ।